सुरक्षा परिषद बैठकमा रुसले बेलायतलाई दियो कडा चेतावनी

0
196

काठमाडौं, २३ चैत ।रुसले बेलायतलाई गम्भीर चेतावनी दिएको छ । झूठो कथा बुनेर बेलायतले आगोसँग खेलिरहेको भन्दै रुसले चेतावनी दिएको हो ।सलिसबरी जासूस प्रकरणमा झूठो मुद्दा बनाएर बेलायतले आगोसँग जिस्किरहेको रुसको भनाइ छ ।संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा बैठकमा मस्कोका प्रतिनिधि भासिली नेबेन्जिआले बेलायतको मूख्य लक्ष्य नै रुसलाई बदनाम गर्नु रहेको उल्लेख गरे । बेलायती आरोप अर्थहीन भएको उनको भनाइ थियो ।पूर्वजासूस प्रकरणमा रुसको हात रहेको आरोप बेलायतको छ भने रुसले आरोप अस्वीकार गर्दै आएको छ ।राष्ट्रसंघका लागि ब्रिटिश दूत करिन पीयर्सले भने कुनै पनि खालको छानविनका लागि तयार रहेको उल्लेख गरिन् ।आफूमाथि अनावश्यक आरोप लगाएको भन्दै छलफलका लागि रुसले सुरक्षा परिषदको विशेष बैठक आह्वान गरेको थियो । बैठकमा नेबेन्जिआले औचित्यहीन विषय उचालेर ब्रिटेनले प्रोपोगन्डा युद्ध गरिरहेको आरोप लगाए ।रुसलाई बद्नाम गर्नकै लागि विष पिलाउने दुष्कर्ममा रसियन नामसँग मिल्ने नशाका दलाल नोभिचोकलाई प्रयोग गरिएको उनको दलील थियो ।पूर्वरुसी जासूस सरर्गेई स्क्रिपल र उनकी छोरी युलियामाथि विष खुवाएर मार्ने षड्यन्त्र गरेको आरोप रुसमाथि लागेको छ भने रुसले आरोप अस्वीकार गर्दै आएको छ ।मार्च ४ मा उनीहरु दुबैलाई बेहोस अवस्थामा उद्धार गरिएको थियो ।यसैबीच, ३३ वर्षीया युलियाको स्वास्थ्य सुधारोन्मुख रहेको जनाइएको छ भने बाबुको अवस्था गम्भीर नै रहेको छ । यसै प्रकरणमा रुसको बाँकी विश्वसँग सम्बन्ध बिग्रँदै गएको छ ।रुसमा रहेका कूटनीतिज्ञहरुलाई अमेरिकासहित बेलायतका मित्र देशहरुले फिर्ता बोलाएका छन् भने रुसले पनि ती देशका कूटनीतिज्ञलाई फिर्ता पठाएको छ ।
………………

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here