सुव्यवस्था कायम गर्न नसकेको आरोप लगाउँदै सरकारले उदयपुरका सीडीओ गृहमन्त्रालय तान्यो

0
30

उदयपुर, १६ मंसिर । जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न नसकेको आरोप लगाउँदै सरकारले उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठलाई गृह मन्त्रालयमा तानेको छ । श्रेष्ठको स्थानमा प्रदीपराज कँडेललाई प्रमुख जिल्ला अधिकारी बनाएर उदयपुर पठाइएको छ । यही मंसिर १३ गते उदयपुरगढी नगरपालिका ६ दनुवारबेसीमा अज्ञात समूहले बम विष्फोट गराउँदा कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसहित ७ जना घाइते भएका थिए । प्रतिनिधिसभा सदस्य उम्मेदवार कार्कीसहित घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ । श्रेष्ठलाई करिब पाँच महिना अघि गृह मन्त्रालयले उदयपुरमा सीडीओ बनाएर पठाएको थियो । उहालाई पुनः गृहमन्त्रालय तानेर स्थानीय चुनावका सर्लाहीमा प्रजिअ रहेका कँडेललाई उदयपुर पठाइएको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here