सूचनाको हक लोकतन्त्रको मेरुदण्ड :आयुक्त कृष्णहरि बाँस्कोटा

0
51

विराटनगर, २९ कात्तिक । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक लोकतन्त्रको मेरुदण्ड भएकाले सुचनाको हक प्रयोग गरेर समाचार प्रकाशन तथा प्रसारणगर्न संचारकर्मीलाई आग्रह गर्नु भएको छ । नेपाल पत्रकार महासंघ मोरङद्धारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले राज्यप्रणालीको सुदुढीकरण,भ्रष्टाचार नियन्त्रण र मुलुकको आर्थिक सम्वृद्धिका लागीपनी सूचना हकको महत्वपूर्ण भूमिका रहने वताउनु भयो । उहाले सुचनाको हक प्रयोग गरेर प्रकाशित र प्रसारण हुने समाचार सत्य तथ्य र विश्वसनिय हुने वताउनुभयो । प्रमुख आयुक्तले संचारकर्मीहरुले प्रमाणित दस्तावेज प्रयोग गरी जनतालाई सुसूचित गरेमा विश्वस्नीयतामा वृद्धि हुने र जनमानसमा संचारमाध्यम प्रति थप विश्वनियता वढने वताउनुभयो । उहाले सुचनाको हक कार्यान्वयनमा विश्वमा नेपालले अग्रणी भुमिका निर्वााह गरेको समेत वताउनुभयो । सार्वजनिक सरोकारसंग सम्वन्धि कार्यालयका कर्मचारीलाई सूचना दिए वापत कारवाही भएमा आयोगले सम्वन्धित कार्यालयलाई सचेत गराउनुका साथै कर्मचारीलाई क्षतिपूर्तिको व्यवस्था गर्ने उहाँले वताउनु भयो । पत्रकार सम्मेलनमा महासंघका मोरङ अध्यक्ष वन्धु पोखरेलले जनतालाई सुसूचित गराउनु महासंघले आयोगसंग हातेमालो गरेर अघि वढन सदैव तयार रहेको वताउनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here