Tune to BFM 91.2|Biratnagar

सूर्य नेपालद्धारा प्रदेश १ सरकारलाई १ करोड सहयोग

विराटनगर, २ साउन । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले प्रदेश १ सरकारको कोरोना जनसुरक्षा कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।

आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई सुर्य नेपाल प्रालिका कर्पोरेट उपाध्यक्ष रवि केसीले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । कोरोनाको महामारीमा योगदान गर्ने उद्देश्यले देशका विभिन्न प्रदेशका सरकारलाई सहयोग गर्दै आएको केसीले जानकारी दिनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की लगायतको सहभागिता थियो । सूर्य नेपाल प्रालिले कोरोना विरुद्ध लडाईमा सहयोग पुर्याउन सातवटै प्रदेशलाई १–१ करोडको दरले ७ करोड सहयोग गर्ने घोषणा गरेको छ ।

यसअघि प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई १–१ करोडको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि छिट्टै सहायता रकम हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button