स्काउट तालिम सम्पन्न
विराटनगर, १३ फागुन । मोरङ बेलबारी–८ राधानगरस्थित एम्ब्रियो खेलमैदानमा तिन दिने स्काउटको संयुक्त टे«निङ क्याम्प सम्पन्न भएको छ ।
मोरङ र झापाका आठ विभिन्न विद्यालयका दुई सय ५५ जना ११ देखि १५ वर्ष उमेर समुहका विद्यार्थी स्काउटको संयुक्त तालिममा सहभागी भएका थिए ।
स्काउट मास्टर सन्तोष घिमिरेले स्काउटले अनुशासित र स्वलम्बन नागरिक बनाउन दिर्घकालिन महत्व राख्ने बताउनुभयो ।