स्नातकोत्तर क्याम्पस वनस्पति विभागका दुई प्राध्यापकको विदाई

0
179

विराटनगर, ४ भदौ । स्नातकोत्तर क्याम्पस वनस्पति विभागका दुई जना प्राध्यापकको आज विदाई गरिएको छ । अनिवार्य अवकास पाउनु भएका प्रा.डा. मीनराज ढकाल र प्रा.डा.तेजनारायण मण्डललाई विदाई गरिएको हो । ३६ वर्ष प्राध्यापन गराउनु भएका प्राध्यापकद्वयले स्नातकोत्तर क्याम्पसमा विज्ञान संकाय ल्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । वनस्पति शास्त्र विभागले आयोजना गरेको विदाई कार्यक्रममा क्याम्पस प्रमुख प्राध्याक मनोज राउत, सहायक क्याम्पस प्रमुख प्रा.डा.शिवकुमार राई, प्राध्यापक संघका सभापति प्रा.डा.चक्रपाणी खनाल, प्राणि शास्त्र विभागका प्रमुख दामोदर थापा, डा.भविन्द्र निरौला, प्रा.डा.शशिनाथ झा, उपप्राध्यापक रामचन्द्र अधिकारी लगायतको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here