स्पेनमा साढे ४ करोड कोरोना संक्रमित क्वारेन्टाइनमा

विराटनगर, २ चैत ।स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसकी पत्नी बेगोना गोमेजलाई नोवेल कोरोना (कोभिड–१९) सङ्क्रमण भएको पुष्टि भएको छ । परीक्षणका क्रममा बेगोनामा कोरोना पोजेटिभ देखिएको स्पेनका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

साथै मन्त्रिपपरिषद्का सदस्यहरुको स्वास्थ्य परीक्षण गर्दा दुई जना मन्त्रीमा समेत कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमण हुनेहरुमा मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियास रहेका छन् । स्पेनमा कोरोनाको संक्रमण तीव्र भएपछि प्रधानमन्त्री सान्चेसले रोकथामका लागि मुलुकभरका चार करोड ६० लाख मानिस घरभित्रै क्वारेन्टाइनमा रहने बताएका छन ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएसँगै स्पेनले उनीहरुलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री सान्चेसले घोषणा गर्दै दुई सातासम्म यो ब्यबस्था लागू गर्ने बताए । खाद्यान्न खरिद गर्न, अस्पताल वा औषधि खरिदका लागि, बैंकबाट रकम निकाल्न, परिवारको सदस्य बिरामी भएमा सहयोग गर्न र अत्यावश्यक कामका लागि मात्र घरबाट बाहिर निस्कन सरकारले अनुरोध गरेको छ ।

नियम उलङ्घन गर्दै अनावश्यक रुपमा घर बाहिर निस्केमा ३ महिनादेखि १ वर्षसम्म जेल सजाय तथा पाँच सयदेखि २ हजार युरोसम्म जरिवाना हुनसक्ने बताइएको छ । यसअघि सरकारले शुक्रबारदेखि नै मुलकभर आपतकालीन अवस्थाको घोषणा गरेको थियो । युरोपमा इटालीपछि स्पेन सबैभन्दा नराम्ररी प्रभावित भएको छ ।

स्पेनमा कोरोनाका कारण मृत्यु हुने संख्या १ सय ९६ पुगेको छ भने हालसम्म करिब ६ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button