स्वतन्त्र कुर्दिस्तान बनाउनुपर्ने पक्षमा ९२ प्रतिशत मत

0
30

काठमाडौ, १२ असोज । इराकको उत्तरी क्षेत्रमा गराइएको विवादास्पद जनमत संग्रहमा स्वतन्त्र कुर्दिस्तान बनाउनुपर्ने पक्षमा ९२ प्रतिशत मत परेको छ । मतदान गर्ने ३३ लाख मतदाताको ९२ प्रतिशतले अलग राज्य हुनुपर्ने पक्षमा मत दिएका हुन् । जसमा कुर्द र गैर कुर्द दुबै रहेको जनाइएको छ । इराकी प्रधानमन्त्री हैदर अल अबादीले जनमत संग्रहको नतीजा रद्द गर्न अपील गरेपनि परिणाम सार्वजनिक गरिएको हो । इराकी सरकारको विरोध हुँदाहुँदै पनि त्यस क्षेत्रमा मतदान गराइएको थियो । आबादीले कुर्दहरुलाई संवैधानिक मार्गबाट इराक सरकारसँग छलफमा बस्न पनि आग्रह गर्नुभएको छ । कुर्द नेताहरुले भने जनमत संग्रहको परिणाम र भावनाअनुसार नै बग्दाद सरकार र छिमेकीहरुसँग वार्ता अघि बढाइने बताएका छन् । जनमत संग्रह इराकको कुर्दिस्तान क्षेत्रको तीन राज्य र त्यसबाहेक केही कुर्द बहुल क्षेत्रमा गराइएको थियो । ३३ लाख मध्ये २८ लाख ६१ हजार पक्ष र २४ हजार विपक्षमा मत परेको जनाइएको छ । इराक र अन्तर्राष्ट्रिय समुदायले यो जनमत संग्रहको भने विरोध गरेका छन् । यता, इराकी संसदले भने प्रधानमन्त्रीलाई तेल बहुल किरकुक र कुर्द सैनिक नियन्त्रित क्षेत्रमा सेना तैनाथ गर्न आदेश दिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here