स्ववियु निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

0
111

काठमाडौं, ५ फागुन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले यही फागुन १४ गतेका लागि निर्धारण गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । काठमाडौंमा आयोजित चुनावसँग सम्बन्धित निकायसँगको छलफलका क्रममा उपप्रधानमन्त्री निधिले (स्ववियु) चुनावमा अख्तियार गर्नुपर्ने सुरक्षाका विषयबारे तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको हो । उपप्रधानमन्त्री निधिले समयमै स्ववियु चुनाव गर्ने विषयमा विभिन्न राजनीतिक दलका सबै नेतासँग छलफल भइरहेको जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाले तोकिएकै समयमा चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । स्ववियु चुनाव निर्धारित समयमै गराउनेबारे बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here