स्वास्थ्यकर्मीलाई पीपीई र अन्य सामान अभाब

विराटनगर, १३ चैत । कोशी अस्पताल विराटनगरका स्वास्थ्यकर्मीहरुले आवस्यक सामानको अभाव हुँदा कोरोनाका शंखास्पद विरामीको स्वास्थ्य परिक्षणमा समस्या भएको बताएका छन् । पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) नहुँदा रेनकोट लगाएर काम गर्दै आएको उनीहरुले बताएका छन् । एउटै गम्बुट (जुत्ता) पालैपालो लगाउनुपर्ने अवस्था छ ।

अस्पतालले इमरजेन्सीमा खटिने स्वास्थ्यकर्मीका लागि पीपीईका नाममा रेनकोट, गम्बुट, मास्क, टाउकोमा लगाउने टोपी तथा अनुहार छोप्नका लागि प्लाष्टिक दिएको छ । पीपीई नपाएपछि स्वास्थ्यकर्मीहरुले काम नगर्ने चेतावनी दिएका थिए ।

सरकारबाट आवस्यक सामाग्री प्राप्त नभएपछि अस्पतालले आफैं पीपीई निर्माणमा जुटेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट संगिता मिश्राले बताउनुभयो । आवस्यक सामाग्रीको अभाव भएपछि स्वास्थ्यकर्मीहरु अस्पतालको इमरजेन्सीको चेनगेट बन्द गरेर बसेका छन् ।

कुनै विरामी पुगेमा सोधपुछपछि कोरोनाको आशंका भएकालाई भर्ना गर्ने वा बाहिर रेफर गर्ने गरिएको छ । प्रदेश १ मा कोरोनाको संक्रमणबाट जोगिन १ हजार ३ सय ३१ वेड क्वारेन्टाइन र १ सय ५० शैयाको आइसोलेसन तयार भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशबाट कोभिड–१९ को सङ्क्रमणको आशङ्कामा १९ जनाको नमूना सङकल गरी परीक्षणका लागि काठमाडौँ पठाइएकामा सबैजनाको रिपोर्ट नेगेटिभ आएको प्रदेश सरकारले जनाएको छ । प्रदेशका विभिन्न अस्पतालको आइसोलेशनमा ९ जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *