स्वास्थ्यचौकीको जिम्मेवारी स्थानीय तहलाई

0
130

इलाम २६ माघ संविधानले आधारभूत स्वास्थ्यको जिम्मेवारी स्थानीय तहलाई दिएपछि इलाममा जिल्ला स्वास्थ्य कार्यालय मातहतका स्वास्थ्य चौकी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । आज इलाम सदरमुकाममा एक कार्यक्रम गरेर इलाम नगरपालिका क्षेत्रका स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइ नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नगरपालिका क्षेत्रको आठ स्वास्थ्य संस्था नगरपालिकालाई हस्तान्तरण गरिएको हो । जिल्ला जनस्वास्थ्य प्रमुख जीवन मल्लले नगरपालिका प्रमुख महेश बस्नेतलाई स्वास्थ्य संस्था हस्तान्तरण गर्नुभएको थियो । कार्यालयले साखेजुङ्ग स्वास्थ्य चौकी, सुम्बेक स्वास्थ्य चौकी, पुवामझुवा स्वास्थ्य चौकी, बरबोटे स्वास्थ्य चौकी, गादक स्वास्थ्य चौकी, सोयाक स्वास्थ्य चौकी, साङ्गरुम्बा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाइ निन्दाखु नगरपालिकालाई हस्तान्तरण गरेको छ । कार्यालयले चल अचल सम्पती, कार्यरत जनशक्तिको विवरण, लेखापरिक्षण प्रतिवेदन, वैंक खाताको अवस्था सहितका कागजात नगरपालिकालाई बुझाएको हो । सोही कार्यक्रममा नगरप्रमुख बस्नेतले सम्बन्धित वडाका अध्यक्षहरुलाई स्वास्थ्य चौकीको कागजात प्रदान गर्नुभएको थियो । स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रममा प्रमुख बस्नेतले स्वास्थ्य क्षेत्र संवेदनशील विषय रहेकाले स्वास्थ्य सेवा प्रभावकारी बनाउन लागि पर्ने प्रतिवद्धता जनाउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here