स्वास्थ्य सामाग्री हस्तान्तरण
विराटनगर, २८ वैशाख । मोरंगको बुढीगंगा गाउँपालिकालाई ललितपुरको संरक्षण तथा विकाश संस्था (सिडियो नेपाल)ले विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले देशै भरी लकडाउन गरेको अवस्थामा बुढीगंगा गाउँपालिकाका स्वास्थ्य संस्थाहरुलाई वितरण गर्नेगरि विराट मेडिकल कलेज टिचिङ अस्पतालको समन्वयमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीलाई सो सामाग्रीहरु हन्तान्तरण गरिएको हो ।
गाउँपालिकालाई थर्मल गन २ थान, एन ९५ मास्क ५० थान, ४ सय ५० एमएलको सेनिटाईजर २५ बोतल र सर्जिकल मास्क १ हजार थान वितरण गरिएको संरक्षण तथा विकाश संस्थाकी सविना शर्माले बताउनुभयो ।