स्वेच्छिक मृत्युका लागि घर छाडे १०४ वर्षीय वैज्ञानिकले

0
207

अस्ट्रेलिया,२० वैशाख । १०४ वर्षीय वैज्ञानिक डेविड गुडअलले हिजो स्वेच्छिक मृत्युका लागि आफ्नो घर छाड्नु भएको छ । बोटनी र इकोलोजीका प्रख्यात वैज्ञानिक उहा आफ्नो जीवनमो सम्मानजनक अन्त्य भन्नेमा हुनुहुन्छ । लन्डनमा जन्मिएर अस्ट्रेलियाको पर्थमा बस्दै आउनु भएका उहामा कुनै ठूलो रोग भने लागेको छैन । यो उमेरसम्म बाँच्दा आफ्नो स्वतन्त्रता खोसिएको उहाको भनाइ छ । केहीअघि आफ्नो जन्मदिनका अवसरमा उहाले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पाेरेशनसँग कुरा गर्दै, ‘मलाई यो उमेरसम्म आइपुगेकोमा पछुतो छ, म खुशी छैन, म मर्न चाहन्छु ।’ भन्नु भएको थियो । लामो समयसम्म चलेको विवादपछि गत वर्ष अस्ट्रेलियाको एक राज्यमा ‘असिस्टेड डाइङ्ग’लाई कानूनी मान्यता दिइएको थियो । तर कुनै गम्भीर रोग लागेको व्यक्तिका लागिमात्र त्यो सुविधा दिइने प्रावधान छ । उहामा कुनै गम्भीर रोग नभएका कारण त्यहाँ उहाले स्वेच्छिक मृत्युका लागि देश छाड्नु परेको हो । डा. गुडअलका अनुसार उहा स्वेच्छिक मृत्युका लागि स्वीटजरल्याण्डको एक क्लिनिकमा जाँदैछन् । तर मृत्यु रोज्नकै लागि कानूनी अड्चनका कारण आफ्नो देश छाड्नु पर्दा भने आफूलाई दुःख लागेको उहाको भनाइ थियो । स्वीटजरल्याण्ड जानुअघि उहाले फ्रान्समा आफ्ना परिवारसँग भेट गर्दैहुनुन्छ् । त्यसपछि केही निकट र आफन्तका साथ उहा जीवनको अन्तिम यात्रामा जाँदैहुनुन्छ् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here