हतियारको दौडमा नलाग्ने र रक्षा खर्च कटौति गर्ने रुसी राष्ट्रपति पुटिनको प्रतिबद्धता

0
204

काठमाडौं, ६ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै मुलुकसँग रचनात्मक वार्ताका लागि खुला रहेको बताएका छन् ।राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पुटिनले हतियारको दौडको पछि नलाग्ने र रक्षा खर्च कटौति गर्ने प्रतिबद्धता व्यक्त गरे ।राष्ट्रपतिमा निर्वाचित भएपछि आफ्ना प्रतिस्पर्धी उम्मेदवारसँगको छलफलमा उनले आर्थिक वृद्धि आफ्नो मुख्य प्राथमिकता भएको बताए ।पुटिन राष्ट्रपतिमा निर्वाचित भएपछि विभिन्न मुलुकले उनलाई बधाई दिए पनि ह्वाइट हाउसले भने राष्ट्रपति डोनल्ड ट्रम्पले उनलाई फोन मार्फत बधाई दिने कुनै तालिका नरहेको जनाएको छ ।तर चीनका राष्ट्रपति सी चिनफिङले भने चीन र रुसको सम्बन्ध इतिहासकै उच्च तहमा रहेको बताएका छन् ।मुख्य विपक्षी नेतालाई भाग लिन रोक लगाइएको निर्वाचनमा पुटिनले ७६ प्रतिशत मत प्राप्त गरेका थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here