हत्यारालाई सार्बजनिक नगरिए देशब्यापी आन्दोलन गर्छाै ः महासचिब देउजा

0
60

काठमाडौं, २४ असोज । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षाात्कार कार्यक्रममा बोल्दै महासचिव देउजाले भोली साँझसम्म सरकारले आफना मागहरु पुरा नगरेको अबस्थामा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माण लगायतका कामहरु ठप्प पार्ने जानकारी दिए । अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नम्बरबाट धम्कीपूर्ण शैलीमा पैंसा माग्दै टेलिफोनहरु आईरहेको कारण महासंघका अन्य पदाधिकारीहरु पनि असुरक्षित रहेको उनले जानकारी दिए । हत्यामा संलग्न पक्राउ नभएसम्म टिचिङ अस्पतालमा पोष्टमार्टमका लागी राखिएको अध्यक्ष गौचनको शव नबुझने समते उनले चेतावनी दिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here