हस्पिटलले मिलायो आगो ताप्ने व्यवस्था

0
276

विराटनगर, २३ पुस । एकसातादेखि बढेको अत्यधिक चिसोका कारण जनजीवन अत्यन्तै कष्टकर बन्दै गइरहेका बेला विराटनगरको लाइफगार्ड हस्पिटलले सर्वसाधारणका लागि आगो ताप्ने व्यवस्था मिलाइदिएको छ । अस्पतालका प्रमुख डा. कैलाश श्रेष्ठका अनुसार विराटनगरका बरगाछी, चाँदनीचोेक, गणेश चोक, त्रिमूर्ति चोक समेतका स्थानमा आगो ताप्ने व्यवस्था मिलाएर दाउरा वितरण गरिएको छ । अस्पतालले १० क्विन्टल दाउरा वितरण गरेको छ । ‘चिसोले जनजीवन अत्यन्तै कष्टकर बन्दै गइरहेको छ,’ डा. श्रेष्ठले भन्नु भयो, ‘सर्वसाधारणलाई चिसोबाट बचाउनका लागि आगो ताप्ने व्यवस्था मिलाउन अस्पतालले दाउरा वितरण गरेको हो ।’ बाक्लो हुस्सु र चिसो हावासंगै शीतलहर चल्दा जाडो बढेर समय काट्न सर्वसाधारणलाई मुस्किल पर्न थालेपछि अस्पतालले दाउरा सहयोग गरेको उहाँले बताउनु भयो । दाउरा वितरण गरेर आगोको व्यवस्था गरिएका ठाउँमा ताप्नेहरुको भीड लाग्न थालेको छ । अस्पतालमा उपचारका लागि बिरामी लिएर आएका कुरुवाको पनि आगो ताप्न भीड लाग्ने गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here