हावाबाट बिजुली निकाल्ने प्रक्रिया अघि बढ्यो,

0
159

पाँचथर, ४ वैशाख । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा हावाबाट बिजुली निकाल्ने प्रक्रिया अघि बढेको छ ।हावाबाट विजुली निकाल्न अहिले ठेक्का सम्झौता भएर काम शुरु हुने अवस्थामा पुगेको हो ।एसियाली विकास बैंकको ऋण सहयोगमा हावाबाट विजुली निकाल्ने काम अघि बढ्न लागेको वडा नम्बर–२ का अध्यक्ष सन्तोष शेर्माले जानकारी दिए ।अहिले ४ करोड ५० लाख रुपैयाँको लागतमा काम अघि बढ्न लागेको छ । यसका लागि टपसन एनर्जी काठमाडौं र कृष्ण ग्रिल कम्पनी जेभीले ठेक्का लिएका छन् ।सप्तमी सौर्य वायु उर्जा मिनी ग्रिड योजना नाम दिइएको यो आयोजना ६ महिनाभित्र सक्नुपर्ने सम्झौता भएको छ । यसका लागि समुदायले १० प्रतिशत रकम संकलन गर्नुपर्नेछ ।यो आयोजना सफल भएमा ७० किलोवाट विद्युत उत्पादन हुने र सप्तमी बजारका १ सय ७ घरधुरी लाभान्वित हुने बताइएको छ ।अन्य स्थानभन्दा बढी हावा चल्ने सप्तमी बजार डाँडामा यसका लागि टावर समेत निर्माण भइसकेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here