होम आइसोलेसनमै गयो संक्रमित वृद्धको ज्यान

विराटनगर, २ कात्तिक । विराटनगरमा कोरोना भाइरस संक्रमण पुष्टि भएका एक वृद्ध पुरुषको आज होम आइसोलेसनमै ज्यान गएको छ ।

विराटनगर महानगरपालिका–४ जामुनगाछीका ८५ वर्षीय वृद्धको बिहान १० बजेतिर मृत्यु भएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले बताउनु भयो । उहाँका अनुसार स्वाबको पीसीआर परीक्षण गराउँदा असोज २८ गते रिपोर्ट पोजेटिभ आए पनि वृद्धलाई घरमै राखिएको थियो ।

कोरोना पुष्टि हुँदा वृद्धको अवस्था सामान्य रहेको र स्वास्थ्यमा एक्कासि समस्या आएर होम आइसोलेसनमै मृत्यु भएको पौडेलले जानकारी दिनु भयो । उहाँका अनुसार वृद्धलाई एक्कासि श्वारप्रश्वासमा समस्या देखिएको पाइएको छ ।

मृतकमा प्रोस्टेट र उच्च रक्तचापको पुरानै समस्या रहेको जानकारी उहाँले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button