१५औं आहा–रारा गोल्डकपबाट २७ लाख ७८ हजार बचत

0
96

पोखरा, असार ३१ । आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १५औं संस्करणबाट आयोजक सहारा क्लबले साढे २७ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ । गत माघ ४ देखि १५ गतेसम्म पोखरा रंगशालामा भएको १५औं आहा–रारा गोल्डकपको आयव्यय सार्वजनिक गर्दै आयोजकले प्रतियोगिताबाट २७ लाख ७८ हजार रुपैयाँ बचत भएको जानकारी दिएको हो ।

शनिबार एक कार्यक्रमकाबीच प्रतियोगिताका आर्थिक संकलन उपसमिति संयोजक टीकाबहादुर कार्कीले कुल ९७ लाख १० हजार रुपैयाँ आम्दानीमध्ये ६९ लाख ३२ हजार खर्च कटाएर सो रकम बचत भएको जानकारी दिए ।

क्लबका अध्यक्ष वीरभद्र आचार्यले प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमी सन्चालन गर्न खर्च गरिने बताए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here