Tune to BFM 91.2|Biratnagar

१७ जना क्वारेन्टाईन र १६ जना आइसोलेशनमा

विराटनगर, ६ वैशाख । मोरङ जिल्लामा हाल १७ जना क्वारेन्टाईनमा र १६ जना आइसोलेशनमा रहेका छन ।

जिल्लाका विभिन्न ७ वटा क्वारेन्टाईन स्थलहरुमा राखिएका १ सय ९१ जनामध्ये १ सय ७४ जना फिर्ता गएका छन भने १७ जना हालसम्म क्वारेन्टाईनमा रहेको जनाइएको छ ।

जिल्लाको टाँडी आर्मी क्याम्पमा हाल १२ जना पुरुष र ४ जना महिलागरि १६ जना छन भने धनपालथान गाँउपालिका ४ स्थित कर्सिया स्वास्थयचौकीमा १ जना पुरुष क्वारेन्टाईनमा रहेको जनाइएको छ । यसैगरि १६ जना मानिसहरु हाल आसोलेशनमा रहेका छन ।

विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालमा ४ जना र विराटनगर १० स्थित नेशनल ट्रेडिङको आइसोलेशन केन्द्रमा १२ जनागरी १६ जना हाल आइसोलेशनमा रहेको जनाइएको छ । जिल्लाका विभिन्न ५ स्थानमा आइसोलेशनमा राखिएका ३० जनामध्ये १४ जना घर फर्किएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button