१ लाख मुल्य भन्दा बढीको भन्सार छलेको सामान बरामद

0
44

बिराटनगर, २३ असोज । इलाका प्रहरी कार्यालय रानीले विभिन्न स्थान बाट भन्सार छलेको १ लाख बढीको सामान बरामद गरेको छ। उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले भारतको जोगवनीबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको खाधान्न, सुपाडी तथा ५ थान साइकल समेत गरी अन्दाजी १ लाख ७१ हजार बराबरको सामान हिजो साझ बरामद गरेको हो। बरामद सामान सहित प्रहरीले विराटनगर–१७ बस्ने एक महिलालाई समेत नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले हिजो विहाने मोरङको धनपालथान गाउँपालिका–३ बाट अन्दाजी ३५ सय मुल्य बराबरको विभिन्न किसिमको पटका बरामद गरेको छ। बरामद पटका जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here