२२औ संस्करणको जेसीज टेष्टि–टेष्टी हाजीरीजवाफ प्रतीयोगीता भोलीबाट शुरु हुदै

0
159

विराटनगर २९ पुष । विराटनगर जुनियर जेसीजको आयोजना तथा कावरा ग्रुपको प्रायोजनामा विगत २१ वर्ष झै यसपटक पनि विरेन्द्र सभागृहमा भोली देखी अन्तर बिधालय जेसीस टेस्टी टेस्टी हाजीरी जवाफ प्रतीयोगीता सुरु हुदै छ। पुर्वांचल अनि आसपास क्षेत्रका कुल ३६ वटा विधालय वीच सो प्रतियोगीता हुने भएको छ। सो प्रतियोगीताको लागी विधालयहरुको क्रेज रहेको र धेरै विधार्थीहरु यो प्रतियोगीताको लागी उत्सुक रहेका संस्थापक एवं प्रतियोगीता संचालक डा.सन्देश दाश श्रेष्ठले वताउनु भएको छ। नेपालमा यतिका लामो र निरन्तर रुपमा हाजीरीजवाफ प्रतियोगीताको इतिहास नभएको श्रेष्ठले वताउनु भएको छ। प्रतियोगितालाई ऐतिहासीक र भव्य वनाउने क्रममा गतबर्षबाट नगद पुरस्कारको समेत व्यवस्था गरिएको जुनियर जेसीज अध्यक्ष सनराईज चौधरीले जानकारी दिनुभएको छ। सो प्रतियोगीता भोली पुष ३० गते देखि माघ ४ गते सम्म संचालन हुने प्रतियोगीताका संयोजक रितेश मैनालीले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here