Tune to BFM 91.2|Biratnagar

२४ घण्टामा २ हजार ३ सय संक्रमित बढे

विराटनगर, १३ कात्तिक । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा जम्मा ९ हजार ७ सय ६९ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३८ जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेको छ । त्यस्तै, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ४ पुगेको छ । हालसम्म नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमितको संख्या ३८ हजार ९ सय ५२ पुगेको छ । त्यसैगरी २ हजार ६ सय ८९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button