Tune to BFM 91.2|Biratnagar

३ सय एमालेमा प्रवेश

विराटनगर, १८ भदौ । मोरङको धनपालथान गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरेर तीनसय जना भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले धनपालथान गाउँकमिटीको आयोजनामा भएको वृहद पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायतका विभिन्न पार्टीमा रहनुभएका अगुवा नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो । उहाँहरुलाई नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित, नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेललगायतका नेताहरुले पार्टी प्रवेश गराउनुभएको हो ।

नव प्रवेशीहरुलाई स्वागत गर्दै नेकपा एमालेका नेता लालबाबु पण्डित नेकपा एमाले नयाँ गतिबाट अघि बढेको भन्दै अब मुलुकको नेतृत्व नै एमालेले गर्ने बताउनुभएको छ । पार्टी भित्र रहेका केहि लोभिपापी र अवसरवादीहरुले अर्कै बाटो रोजेपछि नेकपा एमाले आफै शुद्धिकरण भएको बताउँदै नेता पण्डितले अब एमालेभित्र अनुशासित, जनताप्रति जवाफदेहि नेता कार्यकर्ता मात्र बाँकी रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button