४५ जिल्लामा भोलि गाडी नचल्ने, आज राति १२ बजे अगावै गन्तव्यमा पुग्न गृह मन्त्रालयको आग्रह

0
52

काठमाडौं, २० मंसिर । निर्वाचन आयोगले भोली हुने चुनावको सबै तयारी पूरा भएको जनाएको छ । आज बेलुका ५ बजेसम्म सबै मतदान केन्द्र बनाइसक्ने आयोगले जनाएको छ । भोली बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिन्छ । आयोगले चुनावको तयारीबारे आज पत्रकार सम्मेलन गरेर जानकारी गराउँदैछ । दिउँसो साढे २ बजे चुनावको सबै तयारीबारे जानकारी गराइने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । यस्तै गृह मन्त्रालयले पनि दिउँसो नै पत्रकार सम्मेलन गरेर सुरक्षाको बारेमा जानकारी गराउँदैछ । भोली चुनाव हुने ४५ जिल्लामा पास लिएका गाडी र अत्यावश्यक गाडी मात्र चल्न पाउनेछन् । अरु गाडी भने आज मध्यराति १२ बजेदेखि भोलि बेलुकी ७ बजेसम्म चलाउन नपाइने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक सूचना निकालेर नै भोली गाडी नचल्ने हुँदा आज राति १२ बजे अगावै गन्तव्यमा पुग्ने गरी यात्रा थाल्न आग्रह पनि गरेको छ । सरकारले भोली चुनाव हुने ४५ जिल्लामा सार्वजनिक बिदा पनि दिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here