On Air BFM 91.2|Biratnagar

४९ स्थानीय तहमा नेतृत्व जित्दै नेपाली काँग्रेसको अग्रता

विराटनगर , १ जेठ । १२४ पालिकाको नतिजा सार्वजनिक ः ४९ तह जित्दै काँग्रेस पहिलो स्थानमा (सूचीसहित)
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ ।

आज दिउँसो १ बजेसम्म १२४ स्थानीय तहको अन्तिम परिणाम आएको छ । जसमध्ये ४९ स्थानीय तहमा नेतृत्व जित्दै नेपाली काँग्रेसले अग्रता हासिल गरेको छ ।
दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४५ स्थानीय तहमा नेतृत्व जितेको छ ।

तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले २६ स्थानीय तहको नेतृत्व जित्दा नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहमा नेतृत्व दिएको छ ।त्यस्तै भोजपुरको साप्लासिलिछो र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published.

Call Now Button