६ उपसचिवको काज सरुवा बदर गर्न गृह मन्त्रालयलाई निर्देशन

0
31

१२ मंसिर, निर्वाचन आयोगले ६ जना उपसचिवहरूको काज सरुवा तत्काल बदर गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।यसअघि गृह मन्त्रालयले निर्वाचन आचारसंहिताविपरित ६ जना उपसचिवहरुको काज सरुवा गरेको थियो । आयोगले सरुवा सम्बन्धी सक्कल कागजात मगाएर अध्ययन गरेको थियो ।आयोगबाट सहमति नलिई सरुवा गरेको पाइएकाले अविलम्ब बदर गर्न निर्देशन दिइएको आयोगका प्रवक्ता एवम् सहसचिव नवराज ढकालले जानकारी दिए ।
निर्वाचन आचारसंहिता लागू भएपछि कर्मचारीहरुको सरुवा, नियुक्ति लगायत कुनै पनि काम गर्न पाइँदैन । यदि गर्नैपर्ने भए आयोगको पूर्वस्वीकृति लिनुपर्दछ । तर, गृहमन्त्रालयले स्वीकृति नै नलिइ तीनजना प्रमुख जिल्ला अधिकारीसहित ६ जना उपसचिवहरुको काज सरुवा गरेको थियो ।मन्त्रालयबाट गरिएको उपसचिवको काज सरुवा अविलम्ब बदर नगरेमा आयोग ऐन, २०७३ को दफा २३ को उपदफा -३) आकर्षित हुन सक्ने व्यहोरासमेत मन्त्रालयलाई जानकारी गराउन पत्राचार गर्न भनिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here