​प्रदेश सभा चुनावका लागि क्षेत्र निर्धारण एमालेको माग

0
59

काठमाडौं, साउन १ – नेकपा एमालेले प्रदेश सभा चुनावका लागि छिटो भन्दा छिटो क्षेत्र निर्धारण आयोग गठन गर्न सरकारसँग माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले आयोग गठन गर्न माग गरेको हो ।

स्थायी कमिटी बैठकबारे जानकारी दिदै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारले अहिले कायम रहेका २ सय ४० निर्वाचन क्षेत्रलाई नै कामय राख्ने प्रस्ताव स्वीकार नगर्ने बताउनुभयो ।

संविधानले निर्धारण गरेअनुसार नै १ सय ६५ निर्वाचन क्षेत्र कायम गरिनुपर्ने एमालेको अडान रहेको उहाँले बताउनुभयो । एमालेले मधेसकेन्द्रित दलसँगको वार्ता जारी राख्ने र स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय समेत गरेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here