​सिरहाका १०९ मतदान केन्द्र अतिसंवेदनशील, सुरक्षा व्यवस्था कडा

0
34

सिरहा, भदौ २६ – आगामी असोज २ गते हुने स्थानीय तह चुनावमा सिरहाका एक सय नांै मदतान स्थल अतिसंवेदनशील रहेका छन् । दुई सय  २१ मतदान स्थलमध्ये एक सय नौं अतिसंवेदनशील, ८४ संवेदनशील र २८ वटा मतदानस्थल सामान्य रहेको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाका सुरक्षा निकायको गोप्य सूचना र विश्लेषणपछि जिल्लाका मतदानस्थललाई तीन तहमा विभाजन गर्दै त्यही अनुसार सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।

अतिसंवेदनशील मानिएका मतदानस्थल केही नगरपालिका र केही भारतीय सीमासँग जोडिएका गाउँपालिका रहेको जनाइएको छ । जिल्लामा आठ नगरपालिका र नौ गाउँपालिका रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले संवेदनशीलतालाई ख्याल गर्दै जिल्लाको सबै  मतदान स्थलहरुमा कडा सुरक्षा व्यवस्था मिलाएको बताउनुभयो ।

उहाँले भन्नुभयोे ‘सुरक्षा चुनौतीको आधारमा मतदानस्थलहरुलाई तीनवटा घरामा राखिने छ, पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिममा नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाईएको छ ।’

चुनावको सुरक्षाको लागि जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी ६ हजारको संख्यामा खटिने प्रमुख श्रेष्ठले जानकाकारी दिनुभएको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here