0
108

काठमाडौँ, २७ असार । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पूर्व अलराउण्डर तथा कप्तान शास्त्रीलाई भारतीय क्रिकेट टोलीको जिम्मेवारी सुम्पिएको हो । शास्त्रीले सन् २०१९ मा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितासम्म भारतीय टोलीको जिम्मेवारी सम्हाल्नु हुनेछ । यस्तै बीसीसीआईले राहुल द्रबिडलाई ब्याटिङ तथा जाहिर खानलाई बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ । यसअघि मुख्य प्रशिक्षक अनिल कुम्बलेले यही असार पहिलो साता प्रशिक्षक पदबाट राजीनामा दिएपछि भारतीय क्रिकेट टोली प्रशिक्षकविहीन थियो । हाल वेष्टइन्डिजको भ्रमणमा रहेको भारतीय टोलीले प्रशिक्षक बिना नै एकदिवसीय र ट्वेन्टी ट्वेन्टी क्रिकेट शङ्खला खेलिसकेको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here