साफ यू–१८ फुटबलमा आज नेपालले भारतसँग खेल्ने

0
49

काठमाडौं, ११ असोज । भुटानको थिम्पुमा जारी अन्डर–एट्टिन साफ च्याम्पियनसीप फुटबलको चौथो खेलमा आज नेपालले भारतसँग खेल्दैछ ।यसअघिका दुई खेलमा जित र एक खेलमा हार बेहोरेको नेपालले फाइनल पुग्न आजको खेल जित्नैपर्ने दबाब छ । भुटानसँग पराजित हुँदा बंगलादेश र माल्दिभ्सलाई हराएको नेपाल ६ अंकसहित तेस्रो स्थानमा छ । समान ६ अंकबाट भारत शीर्ष स्थानमा, बंगलादेश दोस्रो स्थानमा र भुटान चौथो स्थानमा छन् । पाँच टिम सहभागी प्रतियोगितामा सबैले एक अर्काविरुद्ध खेलिसकेपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच फाइनल खेल हुनेछ । शीर्ष दुईमा रहन नेपालले भारतलाई जित्नैपर्नेछ । आज साँझ पौने ७ बजे सुरु हुने खेलको विजेताले उपाधिका लागि फाइनल खेल्नेछ । त्यस्तै अर्काे खेलमा बंगलादेश र भुटान भिड्ने छन् । यो खेलको विजेता पनि फाइनलमा पुग्नेछ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here