राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या

0
187

किभ, १६ जेठ (रासस÷एएफपी) ः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ । उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको समाचारमा जनाइएको छ । ती पत्रकारले युक्रेनबाट क्राइमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका थिए । राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए । उनलाई के कस्तो असुरक्षा थिए भन्ने बारेमा केही खुलेको छैन । उनको हत्यापछि प्रहरीेले अनुसन्धान सुरु भएको बताएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विरुद्धमा उनले केही समय अघि निकै समाचारहरु लेखेका थिए । उनी रुसका एकजना चर्चित र खोज पत्रकारको रुपमा काम गरिरहेका बताइएको थियो । युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ गोली हानी छोडिएको अवस्थामा फेला परेका उनको केही क्षणमै ज्यान गएको थियो । उनको शरीर रगतले लत्पतिएको अवस्थामा भेटिएको किभ प्रहरीले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here