Tune to BFM 91.2|Biratnagar

कोरोना संक्रमण रोक्नका विराटनगरमा सेनिटाइजेसन गरिँदै

विराटनगर, २१ साउन । विराटनगरमा कोरोना भाइरस संक्रमण रोक्नका लागि आजदेखी सेनिटाइजेसन अभियान थालिएको छ ।

लायन्स क्लब अफ विराटनगर गोग्राहा, लायन्स क्लब अफ विराटनगर न्यू लाइफ, लायन्स क्लब अफ विराटनगर महानगरले आजबाट विराटनगरका जोखिमयुक्त स्थानहरूमा सेनिटाइजेसन अभियान थालेका छन् ।

विराटनगरका सरकारी कार्यालयहरू र भीडभाड हुने स्थानमा कोरोना संक्रमणको जोखिम कम गर्नका लागि सोडियम हाइपोक्लोराइट छर्कन थालिएको लायन्स क्लब अफ विराटनगर गोग्राहाका अध्यक्ष चन्द्रमणि गुरागाइँले जानकारी दिनुभयो ।

आज जिल्ला प्रशासन कार्यालय मोरङमा स्प्रे गर्दै निर्मलीकरण अभियानको थालनी गरेको उहाले बताउनुभयो । मोरगका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली र लायन्स क्लब अफ विराटनगर गोग्राहाका अध्यक्ष चन्द्रमणि गुरागाइँले संयुत्त रुपमा अभियानको सुरुआत गनुएभएको हो ।

आज २५० लिटर सोडियम हाइपोक्लोराइट स्प्रे गरिएको भए पनि भोलीबाट ५०० लिटर स्प्रे गर्न थाल्ने उहाको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button