Tune to BFM 91.2|Biratnagar

अख्तियारद्धारा ८३४ मुद्धा फछ्र्यौट

विराटनगर, १२ माघ । अख्तियार दुरुपयोग अनुन्धान आयोगको कार्यालय इटहरीले गत आर्थिक बर्षमा ४४ दशमलव ३ प्रतिशत मुद्धा फछ्र्यौट गरेको छ । जिम्मेवारी सरेर आएका ८६५ र नयाँ दर्ता भएका १ हजार १७ वटा गरि १ हजार ८८२ वटा मुद्धा दर्ता भएको आयोगको कार्यालय इटहरीका प्रमुख प्रकाश पौडेलले बताउनुभयो ।

उहाँले दर्ता भएका मध्ये ८३४ वटा मुद्धा फछ्र्यौट गरेको बताउनुभयो । पौडलका अनुसार १ हजार ४८ वटा मुद्धा अनुसन्धानको प्रकृयामा छन् । हिजो प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई आयोगको ३० औं बार्षिक प्रगति प्रतिवेदन हस्तान्तरण गर्दै कार्यालय प्रमुख पौडेलले स्थानीय तहका उजुरी बढी आएको बताउनुभयो । उहाँले स्थानीय तहको संघीय मामला तर्फ ७१६ र शिक्षा तर्फ ३६९ वटा उजुरी आयोगमा दर्ता भएको बताउनुभयो ।

स्थानीय तह पछि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको १६२ वटा उजुरी आयोगमा परेको छ । कार्यालय प्रमुख पौडेलले गत आर्थिक बर्ष २०७६–०७७ मा २० वटा ‘स्टिङ अपरेसन’ गरिएको बताउनुभयो । सो क्रममा २४ जनालाई नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिईएकाहरुमा अधिकृत स्तरका कर्मचारी ४, सहायक स्तरका १७, जनप्रतिनिधि १ र अन्य २ जना रहेका छन् । आयोगमा कतिपय उजुरीहरु दु ःख हैरानी दिन मनसाय तथा गोलमटोल रुपमा आउँदा समस्या हुने गरेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

उहाँले सामाजिक सुरक्षा भत्तामा बढी अनियमिता हुने गरेको बताउनुभयो । सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणाली मार्फत वितरण नभएका स्थानमा सरकारी रकमको बढी दुरुपयोग र हिनामिना भएको प्रदेश प्रमुख अधिकारी समक्ष जानकारी गराउनुभयो । आयोगको बार्षिक प्रगति प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख अधिकारीले आयोगले यथार्थता भित्र रहेर अनुसन्धान गर्ने गरेको बताउनुभयो । उहाँले आयोगलाई परिमार्जन र व्यवस्थित गर्नुपर्ने काम भए तत्काल गर्न पनि सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button