अग्निपीडितलाई तरुण दलको सहयोग

0
170

विराटनगर, २६ पुस । विराटनगर ४ जामुनागाछीका अग्निपीडित सितारमण लालदासलाई नेपाल तरुण दलको पहलमा सहयोग गरिएको छ । तरुण दल मोरङका तरुण विभाग प्रमुख सञ्जय मण्डलको पहलमा दाता सागर ढकालले आज पीडितलाई चालीस हजार रुपैयाँ मूल्य बराबर ४६ बोरा सिमेन्ट हस्तान्तण गरेका छन् । गत पुस १९ गते आगलागी हुँदा लालदासको घरसहित भएको सबै जायजेथा जलेर खरानी भएको थियो । घर निर्माणका लागि सहयोग जुटाइको तरुण दल मोरङका अध्यक्ष सञ्जय थापाले जानकारी दिनु भयो । आज तरुण दलका विराटनगर अध्यक्ष सन्तोष न्यौपाने, मोरङ काँग्रेसको संगठन विभाग सचिव तेजेन्द्र भट्टराई, तरुण दलका केन्द्रीय महाधिवेशन प्रतिनिधि अनुरोध साहलगायत नेता पीडितको घरमा पुग्नु भएको थियो । आगलागीबाट ४० लाख रुपैयाँ बराबरको धनमला क्षति भएको पीडितको भनाइ छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here