Tune to BFM 91.2|Biratnagar

अग्नि सापकोटाविरुद्ध सर्वाेच्चमा रिट, पक्राउ गर्न माग

विराटनगर, १० माघ । नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उम्मेदवार बनाएका अग्नि सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज सापकोटाविरुद्ध रिट दायर गर्नुभएको छ । अधिवक्ता त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी उहाँमाथि अनुसन्धान थाल्न माग गर्नुभएको छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले सभामुख निर्वाचनको सबै प्रक्रिया तत्काल रोक्न माग गर्नुभएको छ । सापकोटालाई गिरफ्तार गरेर अनुसन्धान थाल्न पनि उहाँले माग गर्नुभयो । त्रिपाठीले हालेको रिटमा सापकोटालाई लामो समयसम्म पक्राउ नगर्ने प्रहरीहरुलाई पनि कार्वाही गर्न माग गरिएको छ । सापकोटा माथिको अनुसन्धानका लािग विशेष कार्यदल बनाउन पनि रिटमा उल्लेख गरिएको त्रिपाठीले बताउनुभयो । काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन छ । अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा सत्तारुढ नेकपाले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो । विपक्षी नेपाली कांग्रेसले समेत सापकोटालाई सभामुख बनाउन समर्थन गर्दै उम्मेदवारी दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button