अज्ञात वस्तु विस्फोटमा बालकको मृत्यु, बालिका घाइते

0
241

विराटनगर, २७ पुस । विराटनगर महानगरपालिका १५ रामजानकी चोकमा आज दिउँसो १ बजे अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको मृत्यु भएको छ । घटनामा एक बालिका घाइते भएकी छन् । मृत्यु हुनेमा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डल रहेको प्रहरीले जनाएको छ । यस्तै घाइते हुनेमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल छिन् । घाइते बालिकाको अवस्था गम्भीर छ । उनको कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बम विस्फोटबाट घाइते बालक अमितको उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पु¥याएपछि मृत्यु भएको हो । उनको शव क्षतविक्षत भएको प्रत्यक्षदर्शीले बताएका छन् । बालबालिका खेल्दै गर्दा विस्फोट भएको स्थानीय अनिल मण्डले बताउनु भयो । स्थानीयले ग्यास सिलिन्डर विस्फोट भएको अनुमान गरे पनि प्रहरीले भने पुष्टि गरेको छैन । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्रबहादुर रानाले दुई बालबालिका आगो तापेर खेल्दै गरेको अवस्थामा विष्फोट भएको जानकारी दिनु भयो । ‘विग्रिएको मोवाइलको ब्याट्री आगोमा पर्दा पड्किएर घटना भएको हुन सक्ने स्थानीयले बताएका छन्,’ रानाले भन्नु भयो, ‘कुन वस्तु विष्फोट भएर घटना हुन पुग्यो भन्ने कुराको पुष्टि भइसकेको छैन ।’ उहाँले घटनाको गम्भीर रुपमा अनुसन्धान सुरु गरिएका कारण वास्तविकता चाँदै पत्ता लाग्ने विश्वास व्यक्त गर्नु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here