Tune to BFM 91.2|Biratnagar

अतिविपन्न परिवारलाई राहत वितरण

विराटनगर, २२ चैत । विश्वभर महामारीको रुप लिएको कोरोनाको संक्रमण रोक्न नेपालमा लकडाउन जारी रहदा दैनिकी ज्याला मजदुरी गर्नेको दैनिकी कष्टकर बनेपछि उनीहरुका लागि राहत वितरण गर्न विभिन्न ब्यक्ति तथा संस्था लागीपरेका छन ।

विराटनगरस्थित रोटरी क्लब र विशाल ग्रुपको सहयोगमा विराटनगरका विभिन्न क्षेत्रका अतिविपन्न परिवारमा राहतस्वरुप आज खाध्य सामग्री वितरण गरिएको छ । राहत स्वरुप १० किलो चामल,दाल, नुन, तेल लगायतका खाध्य सामग्री विपन्नलाई वितरण गरिएको राहत वितरणको संयोजन गरिरहनु भएका जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।

सहयोग राहत स्थानीय जनप्रतिनिधीको रोहबरमा अतिविपन्न परिवारको पहिचान गरेर वितरण गरिएको पनि उहाँले बताउनुभयो । प्रहरीको संयोजनमा वडा नम्बर ४ को खारजीस्थित मुसरी टोलका २७ परिवार र इक्राहीका ५० परिवारलाई राहत वितरण गरिएको वडा नम्बर ४ का वडाध्यक्ष देबेन्द्र पोखरेलले जानकार्री दिनुभयो ।

उहाँले राहत वितरण वडाले तयार पारेको विपन्नको लगत अनुसार नै वितरण गरिएको बताउनुभयो । प्रहरीले वडा नम्बर ६ का विपन्नलाई पनि आजै राहत वितरण गरेको छ । राहत वितरणको संयोजन मोरङ प्रहरीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button