Tune to BFM 91.2|Biratnagar

अति विपन्न लाई राहत वितरण

विराटनगर १ बैशाख । मोरङको धापालथान गाउँपालिका वडा न. ७ ले अति विपन्न ३ सय ५० घरपरिवारलाई राहत वितरण गरेको छ ।

लकडाउनको समयमा दैनिक काम गरी गुजारा चलाउनेहरुको दैनिकी कष्टकर बनेपछि राहत वितरण सुरु गरिएको वडा अध्यक्ष हरिप्रसाद यादवले बताउनुभयो ।

विपन्न परिवारलाई वडा कार्यालयका तर्फबाट प्रतिपरिवार १० किलो चामल, एक–एक किलो दाल र नुन वितरण गरिएको थियो ।

जीवन विकासको तर्फबाट ३ किलो आलु, १ किलो दूध, तेल र साबुन वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिनुभयो । पहिलो चरणमा अति विपन्न ३ सय ५० घरपरिवारलाई राहत वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button