Tune to BFM 91.2|Biratnagar

कालोबजारी नगर्न उद्योग संगठनको आग्रह


विराटनगर, ३ वैशाख । लकडाउनको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति र विक्री वितरणमा कृतिम अभाव सिर्जना गर्नेसहित अत्यधिक मूल्य लिई कालोबजारी गर्नेलाई कडा कारबाही गर्न उद्योग संगठन मोरङले माग गरेको छ ।

आज विज्ञप्ति जारी गर्दै राष्ट्रिय संकटको बेला कालोबजारी गर्ने र कृतिम अभाव सिर्जना गर्ने जोसुकै भए पनि कानुनअनुसार कडा कारबाही गर्न संगठनले माग गरेको हो ।

‘नेपाल सरकारद्धारा अवलम्वन गरिएको लकडाउनलाई पालना गर्दै अत्यावश्यक वस्तु तथा सेवाहरुको उत्पादन र बिक्री बितरणमा संलग्न उद्योगी व्यवसायीहरुलाई साबिकको मूल्यमा नबढाई, कम मुनाफा मात्र लिई बिक्री गर्न अपिल गर्दै यस्तो बिसम परिस्थितिमा मानविय धर्मलाई समेत बिर्सिएर बढि नाफा लिई कालोबजारी गर्ने जो कोहीलाई पनि हदैसम्मको कानुनी कारबाहीका गर्न संगठन जोडदार माग गर्दछ,’ अध्यक्ष भीम घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै बैंक तथा बित्तिय संस्थाहरुले निक्षेपको ब्याजदर घटाइसकेको तर ऋणको ब्याजदर अझै नघटाएकोमा संगठनले आपत्ति जनाएको छ । ऋणको ब्याज नघटाएर बैंकहरुले कालोबजारी गरिरहेको संगठनले ठहर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button