Tune to BFM 91.2|Biratnagar

अत्याश्यक सेवाहरु बन्द हुने छैन : प्रधानमन्त्री

काठमाडौं ८ चैत । अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणापछि अब कुन–कुन सेवाहरु सुचारु हुन्छन् र कुन कुन सेवा बन्द हुन्छन् भन्ने प्रधानमन्त्रीको सम्वोधनले धेरै मानिसमा जिज्ञासा उत्पन्न गराएको छ ।

प्रधानमन्त्रीको सम्वोधनमा भनिए अनुसार ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

सरकारले बन्द गरेका सेवाहरुमा नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते अर्थात भोली देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ भने सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ ।

यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने बताईएको छ । देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ । मानिसहरुको भीडभाड हुने स्थान, सिनेमा घर आदि हाललाई बन्द गरिएको छ । विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button