Tune to BFM 91.2|Biratnagar

मोलवीलाई कारबाहीको माग गर्दै अदालतमा प्रदर्शन

विराटनगर, ६ साउन । आफूले अध्यापन गराउने मदर्साकै छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेका मोलवीलाई कारबाहीको माग गर्दै आज विराटनगरमा प्रदर्शन भएको छ ।

पीडितका आफ्न्त तथा स्थानियवासीले आरोपित मोलबीलाई कडा कारवाहीको माग गर्दै विराटनगरस्थित मोरङ जिल्ला अदालत सामुन्ने प्रर्दशन गरेका हुन् । जिल्ला अदालतमा आज सो मुद्धामा थुनछेक बहस हुने भएपछि जम्मा भएका स्थानीयले प्रर्दशन गरेका हुन् ।

विराटनगर–८ अशोकचोकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्रालाई सोहि मदर्साका प्रधानाध्यापकसमेत रहेका मोलवी अमिरुद्धिनले यौन दुव्र्यवहार गरेको आरोप छ ।

मोलवी अमिरुद्धिनले २०७६ माघ ७ गते र माघ ८ गतेगरि मदरसामा अध्ययनरत कक्षा ५ र ६ का दुईजना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

घटनाको विषयमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता गराएपछि मुद्धा जिल्ला अदालत पुगेको हो ।

घटनापछि फरार रहेका आरोपी ६ महिनापछि गएको असार महिनामा जिल्ला प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button