Tune to BFM 91.2|Biratnagar

अन्तर सहकारी सदस्य सशक्तिकरण तालिम सम्पन्न

विराटनगर, ८ वैशाख । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ मा अन्तर सहकारी सदस्य सशक्तिकरण तालिम सम्पन्न भएको छ ।गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर इटहरीको आयोजना तथा सुन्दरहरैंचा १ नम्बर वडा कार्यालयको सम्न्वयमा बैशाख ३ गतेदेखि सुरु भएको सो तालिम आज सम्पन्न भएको हो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले देशको अर्थतन्त्रको एउटा खम्वाको रुपमा रहेका सहकारीहरुको विकास र प्रवद्र्धनका लागि तालिम सञ्चालन गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिनुभयो ।

१ नम्बर वडाका अध्यक्ष विनोदबहादुर बस्नेतले वडाले सँधै नयाँनयाँ काम गरेको भन्दै नगर क्षेत्रमा पहिलोपटक सहकारीहरुका लागि तालिम सञ्चालन गरेर नयाँ कामको थालनी गरेको बताउनुभयो । उहाँले वडाको पहलमा वडा क्षेत्रमा सडकलगायतका विकास पूर्वाधारका काम समेत तिव्र गतिमा अघि बढेको भन्दै वडाको विकासमा सबै वडाबासी हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button