अपहरणमा सम्लग्न मध्ये की एक महिला पक्राउ

0
83

विराटनगर, २७ साउन । मोरङको सुनबर्षी नगरपालिकाकी एक किशोरीको अपहरणमा सम्लग्न मध्ये की एक महिलालाई रंगेली प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । गत फागुन २ गते राति सुनबर्षी नगरपालिकाकी १५ वर्षीया किशोरी राति २ बजे घरबाटै अपहरणमा परेकी थिइन । अपहरणपछि रंगेली प्रहरीले पिडितको जाहेरीका आधारमा अपहरण तथा शरीर बन्धक र जवरजस्ती करणी गरेको विषयमा अनुशन्धान थालेको थियोे । अनुशन्धानकै क्रममा किशोरीलाई अपहरणमुक्त गर्न सफल भएको प्रहरीले जनाएको छ । पिडितको उजुरीका आधारमा प्रतिबादी मध्येकी ३६ वर्षकी गिता रिसिदेबलाई पक्राउ गरी अदालतबाट म्याद थप गरिएको प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिनुभयो । अनुशन्धानका क्रममा नौ जनाको समूह मिलेर ती किशोरीलाई भारतको विभिन्न शहरमा लगि करणी गरेको,३ सय जना सम्मलाई खुवाउनका लागि रोटी बनाउन लगाउने गरेको खुलेको छ । यस्तै शरीरको बिभिन्न भागमा तातो पुन्युुुुले डाम्ने काम गरेको समेत पिडित किशोरीले बताएकी छन । पिडित किशोरीकी हजुरआमाका अनुसार नातिनीलाई ५ महिना पछि भारतीय प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा भारतको पन्जाबबाट उद्दार गरिएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here