Tune to BFM 91.2|Biratnagar

अपांगता भएकी बालिकालाई बलात्कार गर्ने युवा पक्राउ

विराटनगर, ७ साउन । अपांगता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मोरङको लेटाङ नगरपालिका–८ बाट एक युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा १९ वर्षीय भीम राई छन् । साथीकोमा सुत्न गएका बेला बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो । बलात्कारमा संलग्न भनिएका भीम पीडित बालिकाको साथीका आफन्त हुन् ।

पक्राउ परेका युवाले किशोरीमाथि गत असार २८ गतेराति बलात्कार गरेको खड्काले बताउनु भयो । बलात्कार भएको एक सातापछि परिवारका सदस्यले किटानी जाहेरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो ।

साथीकोमा सुत्न गएकी किशोरी घर फर्किएपछि अप्ठेरो र असजिलो महसुस गर्न थालेकाले परिवारका सदस्यले सोधीखोजी गर्दा बलात्कृत भएको पत्ता लागेको एसपी खड्काले बताउनु भयो । अपांगता भएकी बालिकाको बोली प्रष्ट छैन ।

हिजो पक्राउ परेका ती युवाविरुद्ध प्रहरीले जवरजस्ती करणी मुद्दा चलाउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button