अपाङ्गता भएका व्यक्तिहरुको अन्र्तराष्ट्रिय दिवस सप्ताहव्यापी रुपमा मनाईने

0
277

विराटनगर, १६ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुको २७ औं अन्र्तराष्ट्रिय दिवस १ नं प्रदेशमा सप्ताहव्यापी रुपमा मनाईने भएको छ । ‘मलाई गणना गर, समावेश गर’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नं. १ की अध्यक्ष पार्वता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दिवसको अवसर पारि हिजो विराटनगरमा दिप प्रज्वलन गरिएको छ । आज पत्रकारवीचमा अन्र्तक्रिया, दिवसका दिन भोली विराटनगरमा बृहत र्याली निकालिने तयारी गरिएको छ । मंसिर १८ गते सीआरपीडी समितिको सिफारिस र जानकारीबारे अन्र्तक्रिया, १९ गते अपाङ्गता समावेशी विकासबारे अभिमुखीकरण, २० गते सामाजिक सुरक्षा कार्यविधिमा सुझाव संकलन, २० र २१ गते अपाङ्गता मानव अधिकार अनुगमन तालिम गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रदेश स्तरित कार्यक्रम विराटनगरमा भएपनि जिल्ला स्तरमा पनि कार्यक्रम हुने कार्यक्रम अधिकृत विमल वस्नेतले जानकारी दिनुभयो । अन्र्तक्रिया कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका पदाधिकारीहरुले केन्द्रमा सरकारको नेतृत्वमा कार्यक्रम गर्ने निर्णय भएपनि प्रदेश र स्थानीय सरकारले दिवस मनाउने सन्दर्भमा चासो नदिएको भन्दै गुनासो गरेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here