Tune to BFM 91.2|Biratnagar

अपाङ्गता भएका सवैलाई प्रदेश सरकारले व्हिल चियर वितरण गर्ने


विराटनगर, १५ मंसिर । प्रदेश नं. १ का मुुख्यमन्त्री शेरधन राईले तथ्याङ्क संकलन गरेर अपाङ्गता भएका सवैलाई प्रदेश सरकारले व्हिल चियर वितरण गर्ने बताउनु भएको छ ।

विराटनगरमा आयोजित वाल अपांग सेवा संस्थाको व्हिल चियर वितरण कार्यक्रममा उहाले अपाङ्गता भएका वालवालिका जन्मनै नदिने गरी प्रदेश सरकारले करुणा फाउण्डेसनसंगको सहकार्यमा स्वास्थ्य सम्वन्धी कार्यक्रम सञ्चालन गरिरहेको वताउनुुभयो ।

वाल अपाङ्ग सेवा संस्थाका अध्यक्ष डेण्डी शेर्पाले प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा एक विद्यालयमा अपाङ्गता भएकाहरुका लागि मात्र पठनपाठनको व्यवस्था गर्नका लागि सहयोग गर्न आग्रह गर्नु भयो ।

कार्यक्रमा मोरङ, सुुनसरी तथा झापा जिल्लाका १५ जना अपाङ्गता भएका व्यक्तिलाई मुुख्यमन्त्री राईले व्हिल चियर वितरण गर्नुुभयो ।

कार्यक्रममा अभियानकर्मी नवराज कार्कीले अपाङ्गता भएकाहरुलाई सीपमूलक तालिमको स्थानीय स्तरमा सुविधा हुनुपर्नेमा जोड दिदै उनीहरुलाई आवश्यक सामाग्रीको सहज उपलव्ध गराउन आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button