Tune to BFM 91.2|Biratnagar

अफ्ठ्यारोमा परेकालाई सहयोग गर्न नेकपा मोरंगको आग्रह

विराटनगर, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङले आफु बसेको ठाउँको अवस्थाको सूचना राख्न र अफ्ठ्यारोमा परेकालाई सहयोग गर्न पार्टी सदस्यहरुलाई आव्हान गरेको छ ।

जिल्ला कार्यालयको तर्फबाट अध्यक्ष ऋषिकेश पोखरेल र सचिव गणेश उप्रेतीले आज एक अपिल जारी गर्दै संघीय, प्रदेश र स्थानीय सरकार तथा प्रशासनले गरेको निर्णयहरु पूर्ण पालना गर्न पनि पार्टीपंक्तिलाई निर्देशन समेत गरिएको छ ।

लकडाउनको अवस्थामा विपन्न परिवारका बालबच्चा, रोगी, जेष्ठ नागरिक र भोकै बस्नुपर्ने तथा औषधिसमेत नपाउने अवस्था समाजमा आइपर्न सक्ने तर्फ ध्यान दिन नेकपाले भनेको छ ।

अपिलमा क्षेत्रीय, पालिका कमिटी, र वडा कमिटी तथा जनसंगठनका सदस्यहरुलाई आवश्यक समन्वय, उद्दार, राहात तथा सबै प्रकारको सहयोग गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button