अबैध औषधीको कारोवार गर्ने मेडिकल हल संचालक पक्राउ
विराटनगर, १३ पुस । सुनसरीको धरान उप–महानगरपालिका–१५ सदन रोडमा संचालित मुसरत मेडिकल हलका संचालक पक्राउ परेका छन् । उनि अनाधिकृत रुपमा औषधी बेचबिखन गरेको आरोपमा पक्राउ परेका हुन ।
मेडिकल हलका संचालक भोक्राहा नरसिंह गाउँपालिका–६ का २७ बर्षीय सौजात आलमले आफ्नै मेडिकल हलबाट अनाधिकृत औषधी बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको मेडिलक हलबाट डाईसाइक्लोमाईन हाईड्रोक्लोराईड बट्टामा भएको ७ हजार ट्याब्लेट र खुल्ला अबस्थामा रहेको ५९० ट्याबलेट तथा टमाडोल« हाईड्रोक्लोराईड क्याप्सुल खुल्ला अबस्थामा रहेको ९८० ट्रयाब्लेट बरामद गरेको छ । अबैध औषधी सहित पक्राउ परेका आलमलाई आवश्यक कारवाहीको लागी औषधी ब्यबस्था बिभाग बिराटनगरमा बुझाइएको छ ।