Tune to BFM 91.2|Biratnagar

अबैध सामान बरामद

विराटनगर, ६ कात्तिक । अबैध रुपमा भन्सार छली लुकाई छीपाई ल्याएको करिव ६ लाख मुल्य बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा गस्तीमा खटिएको प्रहरी टोलीले करिव ६ लाख मुल्य बराबरको खाधान्न तथा विभिन्न किसिमका लत्ता कपडाहरु बरामद यरेको छ ।

प्रहरीले सीमाक्षेत्र रानी बाट २ लाख ७८ हजार ४ सय मुल्य बराबरको सामानहरु बरामद गरेको छ । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर घाँसचौकबाट ३ लाख २१ हजार ६ सय मुल्य बाराबरको लत्ता कपडाहरुपनि बरामद गरेको छ । प्रहरीले भारत जोगबनी घर भएका २२ बर्षीय किसन कुमार रायलाई समेत पक्राउ गरेको छ ।

जोगबनी बस्दै आएका रायले विराटनगर स्थित घाँसचौकमा सटर भाडामा लिएर अबैध रुपमा भन्सार छली गरी लत्ता कपडा ल्याई लुकाई छीपाई स्टोर गरी राख्दै आएका थिए । उनलाई उनैले भाडामा लिएको सटरबाटै ३ लाख २१ हजार ६ सय मुल्य बाराबरको लत्ता कपडा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बरामद गरीएका सबै सामान प्रहरीले भन्सार कार्यालय विराटनगरमा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button